काठमाडौं । भारतबाट पेन्सन बुझेर फर्कंदै गरेको जिप बैतडीमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना.१ज २१९६ नम्बरको जिप दुर्घटनना हुँदा पाँचजनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा ७५ वर्षीया पार्वती चन्द, ७० वर्षीया पार्वती चन्द, ७० वर्षीया कलावती चन्द, ७७ वर्षीया भगरिथ पाण्डेय र ५८ वर्षीय कृष्ण लावड छन् ।
अन्य चारजना घाइते भएको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।





