काठमाडौं । अर्जेन्टिनाका फुटबल लिजेन्ड डिएगो म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण उनको घरमै निधन भएको हो । मस्तिष्कको ब्लड क्लोटको शल्यक्रियापछि म्यारोडोना दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।
१९६० मा अर्जेन्टिनाको सानो सहमा जन्मेका म्यारोडोनाले लमो समय विश्व फुटबललाई आफ्नो खेल क्षमतामार्फत खुसी दिलाए । उनको उत्कृष्ट खेल प्रदर्शनबाट कसैलाई फुटबलमा लाग्ने प्रेरणा मिल्यो भने कसैलाई फुटबलमा सफलता मिल्यो। अर्जेन्टिना फुटबलका लागि लामो समय धेरै योगदान गरेका म्यारोडोनाको मृत्युले विश्व फुटबल समर्थहरुमा निरासा छाएको छ।
म्यारोडोनाले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभियाजस्ता युरोपका क्लबबाट खेलेका उनी सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षकसमेत थिए । सन् १९७६ मा अर्जेन्टिनोस जुनियरबाट क्लब फुटबलको सुरुवात गरेका उनले सन् १९९७ सम्म विश्व फुटबलमा बेग्लै खालको चमक देखाउन सफल भएका थिए । अर्जेन्टिनाको सिनियर फुटबलमा भने उनले १९७७ देखि १९९४ सम्म उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए ।
अर्जेन्टिनाका समर्थकहरुले उनको निधनप्रति दुःख व्यक्त गर्दै सबै सहरमा उनको समर्थन देखाउँदै जुलुसमा निस्किएका हुन् । उनीहरु सबै म्यारोडोनाको मृत्युप्रति शोक जनाउँदै पोस्टरहरु लिएर सडकमा आएका छन् । अर्जेन्टिनामा म्यारोडोनाको शोकमा राष्ट्रिय शोकको घोषणा पनि गरिएको बीबीसीले जनाएको छ । म्यारोडोनाको शोकमा उनको पूर्वक्बल बोका जुनियर्सको खेल पनि सारिएको छ ।
बिहीबारका लागि तय भएका खेलहरु म्यारोडोनाको निधनका कारण सारिएको छ । बोका जुनियर्सको मैदानमा धेरै समर्थक भेला भएका थिए । जहाँ सबैका आखाँमा आँसु देखिन्थो । उनीहरु म्यारोडोनाले फुटबलमा दिएको योगदानको कदर गरिरहेका थिए ।
समर्थकहरुले विश्व फुटबलका राजा म्यारोडोनालाई सम्झँदै ‘मिस यू म्यारोडोना…, लिजेन्ड नेभर डाई’ भन्ने पोस्टर नापोलीको स्टोडियमबाहिर उपस्थित भएको डेली मेलले जनाएको छ । म्यारोडोना अर्जेन्टिनाका लागि एक फुटबलर मात्र नभएर धेरै खेलाडीका लागि प्रेरणका स्रोतका रुपमा पनि छन् । म्यारोडोनालाई आफ्नो आइडल मानेर फुटबल खेल्ने धेरै समर्थकहरु पनि छन् । जसले आफ्नो फुटबल जीवन म्यारोडोनाको समर्थनमा बिताए । म्यारोडोनाले आफ्नो फुटबल जीवनबाट अर्जेन्टिनालाई मात्र होइन् । विश्व फुटबल क्षेत्रमा पनि धेरै देखिन्छ । म्यारोडोनाको फुटबल करिअरदेखि दक्षिण अफ्रिकी मुलुकका धेरै व्यक्तिले सिकेका छन् । दक्षिण अफ्रिकी फुटबल विकासमा म्यारोडोनाको धेरै हात छ ।
लिजेन्ड कहिले मर्दैनन्
धेरै फुटबल खेलाडीहरुको आफ्नो फुटबल करियरमा सफलताको हकदार म्यारोडोनालाई लिन्छन् । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि म्यारोडोनाको मृत्युले एक महान् फुटबल हस्तीको अन्त्य गराएको बताएका छन् ।
मेस्सीले म्यारोडोनाको निधनप्रति दुःख व्यक्त गर्दै लिजेन्ड कहिले पनि नमर्ने बताए । उनले सामाजिक सन्जालमा लेखेका छन्, “यो सबै अर्जेन्टिना र अर्जेन्टिनी फुटबलका लागि दुःखको दिन हो । उनी हामीसँगै छन् किनकि लिजेन्ड कहिल्यै मर्दैनन् ।” त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलका लागि कालो दिन भएको बताएका छन् । उनले एक लिजेन्डरी फुटबलरलाई गुमाउँदा दुःख महसुस भएको बताएका छन् । “उनको निधन छिटै भयो । तर, उनी हामीसँगै छन् । उनको भौतिक शरीरले हामीलाई छाडेर गए पनि उनको आत्म हामीसँगै रहनेछ । म्यारोडोना तिमीलाई हामी भुल्न सक्दैनौं,” रोनाल्डोले सामाजिक सन्जालमा लेखेका छन् ।त्यस्तै ब्राजिल फुटबलका पिता भनेर चिनिने पेलेले पनि म्यारोडोना जस्तो खेलाडी गुमाउनु परेकामा दुःख व्यक्त गरेका छन् । उनले एक दिन स्वर्गमा उनीसँगै फुटबल खेल्ने विश्वास रहेको बताए । म्यारोडोनाको निधनपछि पेलेले सामाजिक सन्जालमार्फत पेलेले उनको परिवारलाई ईश्वरले शक्ति दिऊन् भनेका छन् ।
अर्जेन्टिका राष्ट्रपति अल्बार्टो फर्नान्डेजले पनि म्यारोडोनाको निधनप्रति दु:ख व्यक्त गरेका छन् । उनले अर्जेन्टिनामा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको स्काई स्पोर्टस्ले जनाएको छ । अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका म्यारोडोनालाई समर्थहरुले कहिले भुल्ने छैनन् । म्यारोडोनाले अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।
राष्ट्रिय टोलीका लागि उनले ९१ खेलमा ३४ गोल गरेका थिए । उनी लामो समय क्लब फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीका रुपमा चिनिएका थिए । उनले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभियालगायत क्लबबाट खेलेका थिए ।






