दमौली: पृथ्वी राजमार्ग अन्तर्गत दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस खहरे खोलाको पुलबाट खसेको छ।
बस खस्दा बसमा सवार १७ जना घाइते भएका छ्न। उक्त बसले मोटरसाइकललाइ ठक्कर दिँदा उक्त बस अनियंत्रित भइ पुलबाट खसेको थियो।
बसले विपरीत दिशाबाट आइरहेको ना ३२ प ५२५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
खहरे खोलामाथिको पुल साँघुरो रहेको र ब्रेक हान्ने क्रममा गाडी आफैं अनियन्त्रित भइ पुलभन्दा करिब ५ सय मिटर तल बस खसेको थियो।
घाइतेमध्ये २ जनालाई चितवन मेडिकल कलेज, एक जनालाई पोखरामा उपचारका भइरहेको तनहुँ प्रहरीले जनाएको छ।





