नवलपरासी: नवलपरासीको (बर्दघाट सुस्तापश्चिम) बाट बलात्कारको अभियोगमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन।
कात्तिक २७ गते रातिको समयमा १५ वर्षीया किशोरीलाइ धारामा पानी लिन जाँदा बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिले किशोरीको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगैंचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताइन।
किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






