Home / Politics / प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे

प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । 

पार्टीभित्रको विवाद अन्त्यको प्रयास भइरहेका बेला नेकपा अध्यक्ष प्रचण्ड शीतलनिवास पुगेका हुन् । पार्टीभित्र विवाद देखिएसँगै राष्ट्रपति भण्डारीको सक्रियता देखिएको छ ।

यता नेकपाभित्रको विवाद कसरी सुल्झाउने भन्दै एवं प्रधानमन्त्री केपी शर्मासहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरुले पनि तयारी थालेका छन् । 

भोलि (बुधबार) का लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओलीले जसरी पनि टार्ने तयारीमा छन् । अर्का अध्यक्ष प्रचण्डलगायत नेताहरु बैठक बस्ने दाबी गर्दै आएका छन् । प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *