Home / Nepal / मोरङको बेलबारीमा आमाको हत्यापछि आफ्नै घाँटी रेटेर आत्महत्या

मोरङको बेलबारीमा आमाको हत्यापछि आफ्नै घाँटी रेटेर आत्महत्या

विराटनगर । मोरङका एक युवकले जन्मदिने आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ काकुमका ३१ वर्षीय जीवन लिम्बूले बिहीबार दिउँसो ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीअनुसार जीवनले इँटा प्रहार गर्दा देवीकुमारीको घटनास्थलमै मृत्यु भएको छ ।

आमाको हत्यापछि छिमेकीको भान्सा घरमा पुगेर जीवनले पनि आफ्नो घाँटी चक्कुले रेटेको र उपचारको क्रममा बेलबारी सामुदायिक अस्पतालमा मृत्यु भएको छ । 

खाना खान बोलाउँदा विवाद गरी चुल्होको इँटाले जीवनले आमालाई प्रहार गरेका थिए ।

घाँटी रेटेका जीवनको अत्यधिक रक्तश्राव भई मृत्यु हुन पुगेको प्रहरीको भनाइ छ । जीवन लागूऔषध प्रयोगकर्ता भएको बताइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *