काठमाडौं: हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ लाख १७ हजार २ सय ६० पुगेको छ, भने संक्रमीतको संख्या ५ करोड ४३ लाख १३ हजार ४ सय ११ रहेको छ।
हाल सम्म ३ करोड ७८ लाख ४८ हजार ८ सय ९० जना निको भएर घर फर्किसकेका छन। भने सकृय संक्रमीतको संख्या १ करोड ५१ लाख भन्दा २३ हजार ९ ७७ रहेको छ।
पछिल्लो २४ घन्टामा देश भरीमा १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या २ लाख ८ हजार २ सय ९९ रहेको छ। जसमध्धे १ हजार २ सय १५ जनाले ज्यान गुमाएका छ्न।
बिगत २४ घन्टामा थप १३ जनाले ज्यान गुमाएका छ्न भने संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १ लाख ७० हजार ६ सय ३२ जना पुगेका छन भने ३६ हजार ६ सय ५४ जनाको उपचार भइरहेको जनाइएको छ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।






