काठमाडौं । मुम्बई प्रहरीले भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान संपादक अर्नब गोस्वामीलाई बुधबार पक्राउ गरेको छ।
अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।
यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो। प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ।






