Home / Technology / विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसुङ ग्रुपका अध्यक्ष ली कुन हेको निधन

विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसुङ ग्रुपका अध्यक्ष ली कुन हेको निधन

दक्षिण कोरियाका सर्वाधिक धनी व्यवसायी तथा विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसुङ ग्रुपका अध्यक्ष ली कुन हेको ७८बर्सको उमेरमा आइतबार बिहान दक्षिण कोरियाको राजधानी सिओलमा निधन भएको छ।

उनी सामसुङ कम्पनीका संस्थापक अध्यक्षसा लि ब्युङ चुलका तेस्रो सन्तान हुन। सन १९८७ देखी २००८ र २०१० देखी हालसम्म सामसुङको अध्यक्ष सम्हालेका लि लामो समय देखी अस्पतालमा थिए।

अन्तरास्ट्रिय ओलम्पिक कमिटीका सदस्य समेत रहेका लि दक्षिण कोरियाक सबै भन्दा धनी मानिन्छ्न। उनी अध्यक्ष रहेको कम्पनी सामसुङ स्मार्टफोन, कम्प्युटर र टेलिभिजनका लागी विश्वकै निकै लोकप्रिय कम्पनी मान्ने गरिन्छ।

उनको कुल सम्पती ४० अर्ब अमेरिकी डलर भन्दा बढी रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *