काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरीमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ।
यसै गरी २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोनामुक्त भएका छन। यो सङै हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २ सय ७७ पुगेको हो।
यस्तै थप ९ जनाको ज्यान गएको छ भने कुल मृतकको संख्या ६ सय ४५ रहेको मन्त्रालयले जनाएको छ।






