विराटनगर: विराट नर्सिङ होमको दुई तला माथिबाट हामफालेर एक बिरामीले सोमबार बिहान आत्महत्या गरेका छन।
आत्महत्या गर्नेमा आईसीयूमा उपचाररत मोरङको मिक्लाजुङ -३ अमृत गजमेर रहेका छन।गजमेरलाई उपचारका लागि असोज १७ गते अस्पताल भर्ना गरिएको थियो।
फोक्सोमा गम्भीर समस्या देखिएर आईसीयूमा भर्ना भएका उनि सोमबार बिहान गर्मी भएको भन्दै बाहिर निस्किएका उनि बिहान साढे ५ बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई जानकारी गराएको छ।
घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ।






