Home / Nepal / News / विश्व भरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ३३ हजार नाघ्यो

विश्व भरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ३३ हजार नाघ्यो

काठमाडौं: हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख ३३ हजार ५ सय २१ पुगेको छ भने संक्रमीतको संख्या ३ करोड ४८ लाख ९६ हजार ४ सय ११ रहेको छ।

हाल सम्म २ करोड ५९ लाख ८ सय ९० जना निको भएर घर फर्किसकेका छन। पछिल्लो २४ घन्टामा देश भरीमा २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या ८२ हजार ४ सय ५० रहेको छ।

जसमध्धे ५ सय २० जनाले ज्यान गुमाएका छ्न। यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ६० हजार ६ सय ९६ जना रहेका छन। चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *