Home / Nepal / News / नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य १/१ रुपैयाँले घटायो-

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य १/१ रुपैयाँले घटायो-

काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घटाएको छ। बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९-८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ। भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

भारतबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *