Home / Sports / इटालियन सिरिए मा मिलानको फराकिलो जित दर्ता

इटालियन सिरिए मा मिलानको फराकिलो जित दर्ता

एजेन्सी- इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा फराकिलो जित निकालेको छ। बुधबार राति भएको खेलमा बेनेभेन्टोलाई इन्टर मिलानले ५–२ गोलले पराजित गरेको हो।

बेनेभेन्टोको घरेलु मैदानमा भएको खेलमा खेलको एक मिनेट नहुँदै मिलानले अग्रता लिएको थियो। पहिलो मिनेटमा नै रोमेलु लुकाकुले गोल गर्दै मिलानलाई अग्रता दिलाए।

२५ औं मिनेटमा रोबेर्टो गाग्लीआर्डिनीले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको तीन मिनेट नबित्दै लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३–० को अग्रता दिलाए। ३४ औं मिनेटमा बेनेभेन्टोका जिअन्लुका काप्रारीले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे।

पहिलो हाप सकिन तीन मिनेट बाँकी रहँदा आर्चफ हाकिमीले गोल गर्दै मिलानलाई पहिलो हाफमा खेल ४–१ को स्थितीमा ल्याए। दोस्रो हाफमा भने दुबै टोलीले एक एक गोल गरेका थिए। ७१ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे। ७६ औं मिनेटमा काप्रारीले गोल गर्दै खेल ५–२ को स्थितिमा ल्याए। त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल मिलानले जितेको हो।

जितसँगै मिलानले लिगमा लगातार दोस्रो जित निकालेको छ। यता बेनेभेन्टो भने दुई खेल खेल्दै एकमा जित र एक खेलमा हार व्यहोरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *