काठमाडौं: काठमाडौं उपत्यकामा २४ घन्टामा ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन भने देशभर १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उपत्यकामा यसरी दिनहुँ संक्रमीत बढ्नाले थप जोखिम उत्पन्न भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १० हजार ८० जनाको पिसीआर परिक्षणमा १३ सय ५१ जनाको रिर्पोट पोजेटिभ आएको बताइएको छ।
काठमाडौं उपत्यकामा मध्ये काठमाडौंका ६४९ ललितपुरका १३२ र भक्तपुरका ३६ जना थपिएका हुन। यो सङै कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको।
बिगत २४ घन्टामा ७४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन। हाल सम्म कोरोना मुक्त हुने सन्क्रमीतको संख्या ५४ हजार ६ सय ४० रहेको छ ।






