Home / Nepal / नेपालमा डालेघाँसको महत्व र अपरिहार्यता

नेपालमा डालेघाँसको महत्व र अपरिहार्यता

नेपालको भौगोलिक संरचना फरक फरक खालको रहेको छ । त्यसकारण नेपालका ३ भू–भागमा छुटाछुटै प्रकारका डालेघाँसका प्रजाती पाईन्छ ।

यी डालेघाँसहरुको प्रत्येक भू–भागमा आफ्नै विशेषताहरु रहेको छ । डालेघाँस पशु–आहाराको प्रमुख श्रोत हो ।

राम प्रसाद गौतम
प्रमुख, न्याफ्स्कोल कृषिवन

भूई घाँस सुकेर गएको सुख्खा मौसममा पनि डाले घाँस हरियो रहि रहन्छ त्यसकारण डालेघाँसहरुलाई प्रायः  वर्षातको समयमा भएको भूई घाँस सकिन थालेपछि प्रयोगमा ल्याइने गरिएको छ ।

यस्तो महत्व बोकेको डालेघाँसको महत्व र आवश्यक्ता आम पशुपालक किसानले बुझ्नु जरुरी छ । हामीले नेपालमा प्रचलित केही डालेघाँसलाई यहाँहरुसमक्ष पस्किने प्रयास गरेका छौँ ।

निमार :
निमारोको वैज्ञानिक नाम फाइकस अरिकुलेटा हो । निमारो मध्यमखालको रुख हो । यसको बोक्रा चिप्लो र खैरो रङ्गको हुन्छ ।

यसको पात ठूलो र अण्डाकारको रुपमा रहन्छ । पात ४५ × ३० सेन्टिमिटरसम्म ठूलो हुन्छ ।

पातको टुप्पो चिप्लो, नरम र तल्लो भागमा भुत्ला रहनुका साथै सम्पूर्ण पात छालाभैm हुन्छ । यसका पूmलमा भाले, पोथी र बाँझो हुन्छन् ।

फल गोलो र शंकुको रुपमा रहन्छ । फलको ब्यास ७.५ सेन्टिमिटरसम्मको हुन्छ । यिनीहरु छोटो तर, मोटो हाँगामा झुप्पामा फुल्दछन् ।

फलमा पातलो नसाहरु धर्का–धर्काको रुपमा रहेका हुन्छन् । फल असारदेखि असोजसम्ममा पाक्दछ र पाक्दा यसको रङ्ग प्याजी सुन्तलाको हुन्छ । बीउ मसिनो गोलो र पहेंलो रङ्गको हुन्छ ।

बीउ सङकलन :
भाले/पोथी अंजीरहरु छुट्टा–छुट्टै रुखमा हुन्छन् । बीउ सङकलन गर्नका लागि बाँझो पूmल रहेका रुखहरुबाट बीउ प्राप्त गरिने रुखहरु छुट्याउनु पर्दछ ।


समय :
असारदेखि असोजसम्ममा बीउ सङकलन गर्नु पर्दछ ।


तरिका :
अंजीरहरु पाकेर रातोखैरो रङमा देखापरिसकेपछि ठकठक्याएर झारिन्छन् र सङकलन गरिन्छ ।

बीउ निकाल्ने प्रकृया

अंजीरलाई तेर्सो पारेर चार टुक्रामा काट्नुपर्दछ । बीउ रहेको भागलाई चक्कुद्वारा छुट्याई अन्यलाई हटाउनुपर्दछ । बीउ रहेको भागबाट लेदो (पल्प) छुट्याउन उक्त भागलाई पानीमा राखी मिच्नुपर्दछ । जम्मा भएका लेदोसहितको पानीलाई मिल्काउनुपर्दछ र बीउ सफा नहुउन्जेलसम्म नरम कपडामा राखी पखाल्नुपर्दछ । प्रतिकिलोग्राममा ३० लाखदेखि ८० लाखवटासम्म बीउहरु हुन्छन् ।

भण्डारण : सुकेका बीउहरुलाई हावा छिर्न नसक्ने भाँडोमा राखी भण्डारण गर्नुपर्दछ । भण्डारण गर्दा बिर्कोलाई सिलबन्दी गरी चिसो ठाउँमा राख्नुपर्दछ । यसप्रकार भण्डारण गरिएमा बीउको जैविकत्व (बाँच्ने क्षमता) कम्तीमा एक वर्षको हुन्छ ।

बीउ छर्नुअघि बीउको उपचार :
बीउ छर्नु अगाडि बीउलाई खासै कुनै प्रकारको उपचारको आवश्यकता पर्दैन ।

बीउ छर्ने :
सात सय मिटरभन्दा होचो स्थानमा फागुनको सुरुदेखि मध्यताका सम्ममा बीउ छर्नुपर्दछ । सात सयदेखि एक हजार पाँच सय मिटर उचाई रहेको तथा चिसो र सोभन्दा बढी उचाई भएको उच्च भेगहरुमा भदौ महिना सुरु हुँदैमा छर्नुपर्दछ । अङ्कुरण हुने क्रम अत्यन्तै कम रहन्छ । एक केजि बीउबाट लगभग एक हजार बेर्नाहरुको मात्रै अङ्कुरण हुन्छ । एक भाग माटो र एक भाग वालुवाको अनुपातमा मिसाई तयार पारिएको माटो भरिएको ब्याड वा किस्तीमा बीउ छनुपर्दछ । बीउ छरिसकेपछि यसलाई पातलो तह हुने गरी बालुवाले ढाक्नु पर्दछ । ठुुलो बर्षाबाट बचाउन पानी नछिर्ने गरी सिंयालको व्यबस्था गर्नुपर्दछ ।

नर्सरीमा हेरचाह :
बेर्नाहरुमा कम्तीमा तीन र बढीमा पाँचवटा प्रारम्भिक पात पलाइसकेपछि बिरुवालाई निकाल्नु पर्दछ । साधारणतया अंकुरणपछि यस अवस्थासम्म पुग्न ४÷५ हप्ता लाग्दछ । ३”×७” (७.५ से. × १७.५ से.) नापको पोलिथिन थैला प्रयोग गर्नु पर्दछ र उक्त थैलीमा दुई भाग माटो, एक भाग बालुवा र एक भाग मलको अनुपातमा मिसाई तयार पारिएको माटो भर्नुपर्दछ । बेर्ना निकालिसकेपछि दुईदेखि छ हप्तासम्मको अवधिको लागि सिंयालको व्यवस्था गर्नु जरुरी छ । यस्तै जराको कटान–छटान कार्य गर्नु पनि अत्यन्तै आवश्यक छ । जरामाथि सेतो किराद्वारा आक्रमण हुन सक्छ र लार्भाले डाँठको टूप्पो र पातहरु खाइदिन्छन् । बेर्ना छँदाको अवस्थामा जरा÷काण्ड कुहिने रोगबाट निमारो प्रभावित रहन्छ ।

उपयोग :
निमारोको फल खानयोग्य हुन्छ र जाम बनाउनमा पनि प्रयोग गरिन्छ । यसको पात डालेघाँसका लागि राम्रो मानिन्छ । पातमा १३ प्रतिशतसम्म प्रोटिन हुन्छ तर, यसको अत्यधिक प्रयोगबाट दुध उत्पादनमा कमी आउन सक्छ । पुसदेखि चैतसम्म र अर्को नयाँ पात पलाएर आइसकेपछि वैशाखदेखि असारसम्म गरी वर्षमा दुईपटकसम्म डालेघाँसको लागि यसबाट पात सङ्कलन गर्न सकिन्छ । यसका ठूटोबाट मुनाहरु सजिलै पलाउँछन् । टपरी/बोहोती बनाउनमा यसका पात प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *