नेपालको भौगोलिक संरचना फरक फरक खालको रहेको छ । त्यसकारण नेपालका ३ भू–भागमा छुटाछुटै प्रकारका डालेघाँसका प्रजाती पाईन्छ ।
यी डालेघाँसहरुको प्रत्येक भू–भागमा आफ्नै विशेषताहरु रहेको छ । डालेघाँस पशु–आहाराको प्रमुख श्रोत हो ।

प्रमुख, न्याफ्स्कोल कृषिवन
भूई घाँस सुकेर गएको सुख्खा मौसममा पनि डाले घाँस हरियो रहि रहन्छ त्यसकारण डालेघाँसहरुलाई प्रायः वर्षातको समयमा भएको भूई घाँस सकिन थालेपछि प्रयोगमा ल्याइने गरिएको छ ।
यस्तो महत्व बोकेको डालेघाँसको महत्व र आवश्यक्ता आम पशुपालक किसानले बुझ्नु जरुरी छ । हामीले नेपालमा प्रचलित केही डालेघाँसलाई यहाँहरुसमक्ष पस्किने प्रयास गरेका छौँ ।
निमार :
निमारोको वैज्ञानिक नाम फाइकस अरिकुलेटा हो । निमारो मध्यमखालको रुख हो । यसको बोक्रा चिप्लो र खैरो रङ्गको हुन्छ ।
यसको पात ठूलो र अण्डाकारको रुपमा रहन्छ । पात ४५ × ३० सेन्टिमिटरसम्म ठूलो हुन्छ ।
पातको टुप्पो चिप्लो, नरम र तल्लो भागमा भुत्ला रहनुका साथै सम्पूर्ण पात छालाभैm हुन्छ । यसका पूmलमा भाले, पोथी र बाँझो हुन्छन् ।
फल गोलो र शंकुको रुपमा रहन्छ । फलको ब्यास ७.५ सेन्टिमिटरसम्मको हुन्छ । यिनीहरु छोटो तर, मोटो हाँगामा झुप्पामा फुल्दछन् ।
फलमा पातलो नसाहरु धर्का–धर्काको रुपमा रहेका हुन्छन् । फल असारदेखि असोजसम्ममा पाक्दछ र पाक्दा यसको रङ्ग प्याजी सुन्तलाको हुन्छ । बीउ मसिनो गोलो र पहेंलो रङ्गको हुन्छ ।
बीउ सङकलन :
भाले/पोथी अंजीरहरु छुट्टा–छुट्टै रुखमा हुन्छन् । बीउ सङकलन गर्नका लागि बाँझो पूmल रहेका रुखहरुबाट बीउ प्राप्त गरिने रुखहरु छुट्याउनु पर्दछ ।
समय :
असारदेखि असोजसम्ममा बीउ सङकलन गर्नु पर्दछ ।
तरिका :
अंजीरहरु पाकेर रातोखैरो रङमा देखापरिसकेपछि ठकठक्याएर झारिन्छन् र सङकलन गरिन्छ ।
बीउ निकाल्ने प्रकृया
अंजीरलाई तेर्सो पारेर चार टुक्रामा काट्नुपर्दछ । बीउ रहेको भागलाई चक्कुद्वारा छुट्याई अन्यलाई हटाउनुपर्दछ । बीउ रहेको भागबाट लेदो (पल्प) छुट्याउन उक्त भागलाई पानीमा राखी मिच्नुपर्दछ । जम्मा भएका लेदोसहितको पानीलाई मिल्काउनुपर्दछ र बीउ सफा नहुउन्जेलसम्म नरम कपडामा राखी पखाल्नुपर्दछ । प्रतिकिलोग्राममा ३० लाखदेखि ८० लाखवटासम्म बीउहरु हुन्छन् ।
भण्डारण : सुकेका बीउहरुलाई हावा छिर्न नसक्ने भाँडोमा राखी भण्डारण गर्नुपर्दछ । भण्डारण गर्दा बिर्कोलाई सिलबन्दी गरी चिसो ठाउँमा राख्नुपर्दछ । यसप्रकार भण्डारण गरिएमा बीउको जैविकत्व (बाँच्ने क्षमता) कम्तीमा एक वर्षको हुन्छ ।
बीउ छर्नुअघि बीउको उपचार :
बीउ छर्नु अगाडि बीउलाई खासै कुनै प्रकारको उपचारको आवश्यकता पर्दैन ।
बीउ छर्ने :
सात सय मिटरभन्दा होचो स्थानमा फागुनको सुरुदेखि मध्यताका सम्ममा बीउ छर्नुपर्दछ । सात सयदेखि एक हजार पाँच सय मिटर उचाई रहेको तथा चिसो र सोभन्दा बढी उचाई भएको उच्च भेगहरुमा भदौ महिना सुरु हुँदैमा छर्नुपर्दछ । अङ्कुरण हुने क्रम अत्यन्तै कम रहन्छ । एक केजि बीउबाट लगभग एक हजार बेर्नाहरुको मात्रै अङ्कुरण हुन्छ । एक भाग माटो र एक भाग वालुवाको अनुपातमा मिसाई तयार पारिएको माटो भरिएको ब्याड वा किस्तीमा बीउ छनुपर्दछ । बीउ छरिसकेपछि यसलाई पातलो तह हुने गरी बालुवाले ढाक्नु पर्दछ । ठुुलो बर्षाबाट बचाउन पानी नछिर्ने गरी सिंयालको व्यबस्था गर्नुपर्दछ ।
नर्सरीमा हेरचाह :
बेर्नाहरुमा कम्तीमा तीन र बढीमा पाँचवटा प्रारम्भिक पात पलाइसकेपछि बिरुवालाई निकाल्नु पर्दछ । साधारणतया अंकुरणपछि यस अवस्थासम्म पुग्न ४÷५ हप्ता लाग्दछ । ३”×७” (७.५ से. × १७.५ से.) नापको पोलिथिन थैला प्रयोग गर्नु पर्दछ र उक्त थैलीमा दुई भाग माटो, एक भाग बालुवा र एक भाग मलको अनुपातमा मिसाई तयार पारिएको माटो भर्नुपर्दछ । बेर्ना निकालिसकेपछि दुईदेखि छ हप्तासम्मको अवधिको लागि सिंयालको व्यवस्था गर्नु जरुरी छ । यस्तै जराको कटान–छटान कार्य गर्नु पनि अत्यन्तै आवश्यक छ । जरामाथि सेतो किराद्वारा आक्रमण हुन सक्छ र लार्भाले डाँठको टूप्पो र पातहरु खाइदिन्छन् । बेर्ना छँदाको अवस्थामा जरा÷काण्ड कुहिने रोगबाट निमारो प्रभावित रहन्छ ।
उपयोग :
निमारोको फल खानयोग्य हुन्छ र जाम बनाउनमा पनि प्रयोग गरिन्छ । यसको पात डालेघाँसका लागि राम्रो मानिन्छ । पातमा १३ प्रतिशतसम्म प्रोटिन हुन्छ तर, यसको अत्यधिक प्रयोगबाट दुध उत्पादनमा कमी आउन सक्छ । पुसदेखि चैतसम्म र अर्को नयाँ पात पलाएर आइसकेपछि वैशाखदेखि असारसम्म गरी वर्षमा दुईपटकसम्म डालेघाँसको लागि यसबाट पात सङ्कलन गर्न सकिन्छ । यसका ठूटोबाट मुनाहरु सजिलै पलाउँछन् । टपरी/बोहोती बनाउनमा यसका पात प्रयोग गरिन्छ ।






