स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरूलाई कोरोनाभाइरस संक्रमणको उपचारमा खटाउने भएको छ।
आइतबार मन्त्रालयले सात वटै प्रदेशलाई उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको हो।
मन्त्रालयले प्रदेशहरूमा सरकारी छात्रवृत्तिमा अध्ययनपछि कार्यरत एमबिबिएस वा सो सरह शैक्षिक योग्यता भएका जनशक्तिलाई परिचालन गर्न निर्देशन दिएको छ।






