Home / Nepal / News / भोलि र पर्सि काठमाडौं बाहिर जान छुट दिने / प्रवेश गर्न भने नपाइने

भोलि र पर्सि काठमाडौं बाहिर जान छुट दिने / प्रवेश गर्न भने नपाइने

काठमाडौं । सरकारले भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएको छ । 

स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्‍न ठाउँमा गाडीको व्यवस्था समेत मिलाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको आज बसेको बैठकले २ दिनका लागि राजधानी बाहिरिन चाहने सर्वसाधारणलाई सहज होस् भनेर यस्तो व्यवस्था मिलाएको हो । 

यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ । काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *