Home / World News / कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ६ लाखको हाराहारी

कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ६ लाखको हाराहारी

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या झन्डै ६ लाख पुगेको छ।

सनिबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ५ लाख ९९ हजार ३३९ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख ४२ हजार ६४ जनाको ज्यान गएको छ भने ब्राजिलमा ७७ हजार ९ सय ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म विश्व भरिमा संक्रमितको संख्या १ करोड ४१ लाख ८९ हजार २० मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये ८४ लाख ५५ हजार १६५ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा १७ हजार ४ सय ४५ जना संक्रमीत मध्धे ४० जनाले ज्यान गुमाएका छ्न भने ११ हजार ५ सय ३४ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *