Home / Society / आफ्नै बुबा हत्या आरोपमा तनहुँमा एक जना पक्राउ

आफ्नै बुबा हत्या आरोपमा तनहुँमा एक जना पक्राउ

तनहुँ: तनहुँको आबुखैरेनिमा आफ्नै बुबाको हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बिरमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ।

अभियुक्त गुरुङले आफ्नै ४१ वर्षीय बुबा राजकुमार गुरङको हत्या गरेका हुन। गत भदौ ३१ गते वीरमानले बुबा राजकुमारको हत्या गरेको र हत्यापछि बिरमानले संस्कार अनुसार बुबाको शव चिहानमा लगेर गाडेका थिए।

घटनाबारे जानकारी पाएपछि प्रहरीले वीरमानलाई पक्राउ गरेको छ। उनलाइ कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी गराएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *