काठमाडौ। अविरल बर्षाका कारण आएको पहिरोले चितवनका आठ घरमा क्षति पुर्याएको छ। गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो ।
पहिरोले दुईवटा मोटरसाइकल, एक-एक वटा म्याजिक भ्यान र बोलेरो पनि बगाएको स्थानीयले बताउनु भयो। इच्छाकामना वडा नं ६ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको हो। अहिले ती आठ घरका परिवारलाइ घर बाट सुरक्षित स्थानमा स्तानतरण गरिएको छ।
पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ। यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ। पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।






