बुटवल: लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा बुटवल ११ की ७२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार राति साढे ७ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार भदौ १० गते अस्पतालमा भर्ना भएकी ती वृद्धाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
सोमबारै बिहान मात्र कपिलवस्तुका २ जना र सिद्धार्थनगरका १ जना गरी ३ जना संक्रमितको रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।






