काठमाडौं । जनरल इन्स्योरेन्सले धितोपत्रको प्राथमिक सार्वजनिक (आईपीओ) निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले भदौ २४ गते बुधबार कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।
कम्पनीले २०७७ असार ५ गते ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले माग गरेअनुसार बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने अनुमति दिएको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापीटललाई नियुक्त गरीसकेको छ । हाल ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासन पनि चुक्ता पुँजी १ अर्ब पुग्नेछ ।






