Home / Nepal / News / प्रदेश नम्बर एक देशकै कोरोना हब बन्दै एकै दिनमा ९८ जना संक्रमीत

प्रदेश नम्बर एक देशकै कोरोना हब बन्दै एकै दिनमा ९८ जना संक्रमीत

प्रदेश १ मा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन। मंगलबार एकै दिन ९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन।

थपिनेमध्ये ६१ जना मोरङका छन। विराटनगरमा कूल ५० जना संक्रमित थपिएका सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताउनु भएको छ।

मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १/१ जनामा संक्रमण देखिएको छ। विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहबीमा २ महिला र ५ पुरुष, धरानमा २ महिला र २ पुरुष, देवानगञ्जमा ४ पुरुष, हरिनगर र इनरुवामा १/१ पुरुष रहेका छन।

यसै गरि सुनसरीको स्थान नखुलेका १ महिला १ पुरुष, उदयपुरको बेलकामा ४ पुरुष र ३ महिला, त्रियुगामा ३ महिला र ५ पुरुष, झापाकि १ महिला र १ पुरुष, इलामको १ र ताप्लेजुङको १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ५३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *