काठमाडौं । उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी बिभाजन हुने भएको छ ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइरहेका बेला समाजवादी पार्टीकै एउटा पंक्ती भने सांसद रेणु यादवको नेतृत्वमा पार्टीबाट बाहिरिने निर्णय गरेकाे हो।
फुटेको पार्टीमा यादवसहित, महम्मद इस्तियाक राई, कलुदेवी विश्वकर्मा, प्रदिप यादव, उमाशंकर अरगरीया, सुरेन्द्र यादव र रेणुका गुरुङ रहेको स्रोतले दाबी गरेको छ।






