Home / Nepal /

काठमाडौं : साँखुको शालीनदीमा एक महिना मनाइने श्री स्वस्थानी तथा माधवनारायण व्रतमा सहभागी व्रतालुहरु पशुपतिनाथ मन्दिर आएका छन्।

‘परदेश’ भ्रमण गर्ने परम्पराअनुसार व्रतालुहरु बुधबार पशुपतिनाथ मन्दिर आएका हुन् । उनीहरुले बिहीबार बिहानै वाग्मती नदीमा स्नान गरी पूजा गरे ।

व्रतालुहरु बिहीबारै पैदल हिँडेर हनुमानढोका हुँदै फर्पिङस्थित शेषनारायण मन्दिर पुग्नेछन्। शुक्रबार त्यहाँ स्नान गरी पैदलै साँखु फर्कने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *