काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्कोको खेलौना खेलाइरहेको बालकले आफ्नो दाबी गरेजस्तै प्रचण्डले पार्टी दाबी गरेको बताएका छन्।
“खेलौना रहेको बालकसँग अर्को बालक पुगेछ, एकैछिन सँगै बसेर खेलेछ तर पछि खेलौना मेरो हो भनेर हिँडेछ,” ओलीले भने, “कस्तो प्रचण्डजस्तो बालक रहेछ ! एकैछिन कार्यकारी के यसो दिएको थिएँ । सबै मेरो पो हो भन्न थाले ।”





