Home / Nepal / News / ६० वर्षीया बृद्धामा कोरोना संक्रमण आशंकापछि सँगै क्वारेन्टाइनमा बसेका १७ जना फेरि फिर्ता

६० वर्षीया बृद्धामा कोरोना संक्रमण आशंकापछि सँगै क्वारेन्टाइनमा बसेका १७ जना फेरि फिर्ता

काठमाडौं । कैलालीमा एकजना ६० वर्षीया बृद्धामा कोरोना संक्रमण भएको आशंकापछि उनीसँगै क्वारेन्टाइनमा बसेका १७ जनालाई फेरि क्वारेन्टाइनमै फिर्ता बोलाइएको छ ।

प्रहरी स्रोतका अनुसार ती महिलासँगै बसेका १७ जनालाई फेरि क्वारेन्टाइनमा बोलाउन लागिएको हो । वीरगन्जबाट ३५ जनाको टोलीसँगै कैलाली पुगेकी ती महिलाको टोलीमा क्वारेन्टाइनमा १७ जना थिए । प्रहरी स्रोतका अनुसार लकडाउन भएपछि ती महिलासहित अन्य ३५ जना बसमा कैलाली पुगेका थिए ।

लकडाउनका कारण अलपत्र परेपछि स्थानीय प्रशासनले उनीसहित ३५ जनालाई बस बुकिङ गरेर कैलाली पु¥याएको थियो । उनी वीरगन्जस्थित बसपार्कमा चिया पसल गर्दै आएकी थिइन् । उनको स्थायी घर कैलालीको लम्कीचुहा नगरपालिका–१० मा छ ।  वीरगन्जबाट कैलाली पुगेको ३५ जनाकै समूहलाई विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको थियो ।

जसमध्ये कोरोना पोजेटिभ देखिएकी महिलासहित १७ जनालाई लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

  केही दिनअघि ती महिलासहित अन्यको र्‍यापिड टेष्ट गरिएको थियो ।

र्यापिड टेष्टमा नेगेटिभ देखिएको थियो ।  तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा बसेका सबैलाई फेरि बोलाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयले भने अझै पुष्टि गरेको छैन । तर उता क्वारेन्टाइनमा बसेका सबैलाई बोलाइसकिएको प्रहरीले पुष्टि गरेको छ । नेपालमा हालसम्म विदेशबाट आएकामा मात्रै कोरोना पोजेटिभ देखिएको भए पनि कैलालीमा मात्रै २ जना स्थानीयमा कोरोना पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *