मड्रिड । स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ ।
केही दिनयता स्पेनमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या घटे पनि पछिल्लो २४ घण्टामा भने यो संख्या बढेको हो ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४३ पुगेको छ ।
यसअघि सोमबार भने कोरोना संक्रमणबाट ६३७ जनाको मृत्यु भएको थियो ।






