काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबार नेपालमा सुनको मुल्य बढेर नयाँ कीर्तिमान कायम भएको छ ।
तोलाकै ९ ४ हजार पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । अन्तरास्ट्रिय बजारमा सुनको मूल्य बढे सङै नेपालमा पनि मूल्य वृद्धि भएको हो।
आज एकैदिनमा तोलामा १३ सय रुपैयाँ बढेर ९ ४ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने चाँदीको १ हजार ४० मा कारोबार भएको थियो।
चाँदी मूल्यमा पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भए सङै प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।






