काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ६ लाख ४८ हजार ३ सय ३७ नाघेको छ।
आइतबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ६ लाख २९ हजार २८८ जनाको ज्यान गएको हो ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख ४९ हजार ३ सय ९८ जनाको ज्यान गएको छ भने ब्राजिलमा ८६ हजार ४ सय ९६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म विश्व भरिमा संक्रमितको संख्या १ करोड ६१ लाख ९६ हजार ५ सय ३ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये ९९ लाख ११ हजार ९ सय ६१ जना निको भएर घर फर्किसकेका छन् ।
नेपालमा १८ हजार ४ सय ८३ जना संक्रमीत मध्धे ४५ जनाले ज्यान गुमाएका छ्न भने १३ हजार ५३ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।






