काठमाडौं । सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने २१ सय ३१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान ५ बजेदेखि ११ बजेको समयसम्ममा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
अत्यावश्यक कामबाहेक सडकमा निस्केकालाई नियन्त्रणमा लिएको र सम्झाइ–बुझाई गरेर छाड्ने क्रम जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए । अत्यावश्यक कामका लागि निस्किएकालाई भने प्रहरीले अवरोध नगरेको उनले बताए ।
नियन्त्रणमा लिएकामध्ये १७ सय २४ जना पुरुष र ४ सय ७ महिला रहेको प्रहरीले जनाएको छ ।






