एजेन्सी । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्सले थप दुई वर्ष क्लबमै राख्ने प्रयास गरेको छ ।
क्लबसँग २०२२ सम्मका लागि रोनाल्डोको सम्झौता रहे पनि अझै थप दुईको सम्झौता गर्ने प्रयास गरेको जनाइएको छ । क्लबले रोनाल्डोलाई ३९ वर्षको उमेरमा २०२३–२४ को सिजन खेल्दै इटालीमा अन्तिम सिजन बनाउन चाहेको बताएको छ । रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट चार वर्षका लागि युभेन्ट्स पुगेका थिए ।






