Home / World News / भारतमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु

भारतमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु

नयाँदिल्ली । महाराष्ट्रको औरंगाबादमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ ।

औरंगाबादको करमाडनजिकै रेलवे ट्र्याकमा सुतेका प्रवासी मजदुरमाथि शुक्रबार बिहान रेल गुड्दा १६ जनाको मृत्यु भएको हो । 

प्रहरी उपरीक्षक मोक्षदा पाटिलले दुर्घटनामा परी १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले रेलवे ट्र्याकको छेउमा बसेका अन्य आठजना मजदुर दुर्घटनामा बचेका पनि बताएका छन् । 

ती मजदुरहरू एक स्टिल प्mयाक्ट्रीमा काम गर्दै आएका थिए ।

उनीहरू घर जान ट्रेन चढ्न जालनाबाट औरंगाबाद पैदल आएका बताइएको छ । पैदल हिँडेर थाकेका मजदुरहरू राति परेपछि रेलवे ट्र्याकमै सुतेका थिए । –नवभारत टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *