बैतडीमा पहिरोमा पुरिएर एकै परिवारका दुई जना आमाछोराको मृत्यु भएको छ।
बिहीबार राति पहिरोले घर पुरिँदा बैतडीको डिलाशैनी गाउँपालिका ४ का आनसिंह बोहराकी पत्नी पशुपति वोहरा र १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति करिब दुई बजेतिर पहिरोमा परेर बेपत्ता भएका उनीहरुको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको जिल्ला प्रहरी कार्यलय बैतडीले जानकारी दिएको छ।






