Home / Nepal / बलिउड निर्माता करिम मोरानीको दोस्रो रिपोर्ट पनि कोरोना पोजेटिभ

बलिउड निर्माता करिम मोरानीको दोस्रो रिपोर्ट पनि कोरोना पोजेटिभ

एजेन्सी । रावन, चेन्नाई एक्सप्रेस चलचित्र निर्माता करिम मोरानीको दोस्रो रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ ।

बिनाकुनै कोरोनाको लक्षण अप्रिल ८ मा गरिएको परीक्षण पोजेटिभ आएपछि उनलाई मुम्बाईस्थित नानावति अस्पतालमा राखिएको छ ।

भारतीय मिडियाका अनुसार मोरानी दुईपटक हृदयाघातबाट जोगिइसकेका छन् । मोरानीअघि उनका दुई छोरी जोआ र शाजामा कोरोना देखिएको थियो । अहिले उनीहरू दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि घर फर्किसकेका छन् ।  

करिमका दुई छोरीमा कोरोना देखिएपछि मुम्बई प्रहरीले उनीहरूको घर सिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *