Home / Nepal / कैलाली उच्च जोखिममा : २६१ जना सरकारी क्वारेनटाइनमा

कैलाली उच्च जोखिममा : २६१ जना सरकारी क्वारेनटाइनमा

काठमाडौं । कैलाली कोरोना भाइरसको उच्च जोखिममा देखिएको छ । कैलालीमा मात्रै ४ र कञ्चनपुरमा एकजना कोरोना संक्रमित छन् ।

३ जना अन्य मुलुकबाट आएका नेपाली हुन् भने दुईजना देशभित्रै रहेकामा कोरोना देखिएको हो ।

सबैलाई सेती प्रादेशिक अस्पतालमा राखेर उपचार गरिँदै छ । एकातिर भारतलगायत अन्य मुलुकबाट आएकामा कोरोना भाइरसको संक्रमण देखिनु र अर्कोतिर देशभित्रै रहेकामा समेत संक्रमण देखिएपछि कैलाली उच्च जोखिममा परेको हो ।

पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरणको अभाव कैलालीलगायत अन्य जिल्लामा रहँदै आएको छ । पछिल्लो समय कैलालीका विभिन्न स्थानमा ¥यापिड टेस्टसमेत सुरु गरिएको छ ।

कैलालीका विभिन्न १७ सरकारी क्वारेनटाइनमा २६१ जनालाई राखिएको छ । जसमा ३० महिला, १८९ पुरुष र ४२ भारतीयसमेत छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले जोखिम बढेसँगै सुरक्षा सतर्कतासमेत बढाइएको बताए । 

लकडाउनको पूर्ण पालना गराउने कार्यमा प्रहरी सक्रिय रहेको एसपी गिरी बताउँछन् । कोरोनाविरुद्ध लडाइँमा सबैभन्दा बढी व्याक्ति स्वयं सचेत रहनुपर्ने बताउँदै सरकारले आग्रह गरेको सुझाव पालना गर्नुपर्नेमा एसपी गिरीको जोड छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *