Home / Nepal / पहिरोका कारण मुग्लिङ नारायणघाट सडक अबरोध

पहिरोका कारण मुग्लिङ नारायणघाट सडक अबरोध

चितवन । लगातारको वर्षाका कारण नारायणगढ मुग्लिन सडक को ठाउँ ठाउँमा पहिरो गएर सडक अबरुद्ध भएको छ ।

उक्त सडक खन्डको चार किलो र चोर खोलामा पहिरो खसेको छ। पहिरोले यति वेला सडक पूर्ण रुपमा अवरुद्ध छ सडक खुला गर्न दिनभरी नै समय लाग्न सक्ने चितवन प्रसासनले जनाएको छ ।

पानी लगातार परिरहेको छ र माथिवाट पनि पहिरो झरिरहेकाले तत्काल पहिरो सफा गर्न सकिने अवस्था नरहेको र नारायणग मुग्लिन सडकको पूर्ननिर्माणको काम सकिए पनि सडक माथिका पहिरो नियन्त्रणको काम नसकिएकाले समस्या उत्पन्न भएको छ।

चितवन प्रसासनले आज उक्त रुट हुँदै आवतजावत गर्ने सबारी साधनलाई बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *