Home / Uncategorized / नेपालमा थप एकजनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

नेपालमा थप एकजनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमण थप एकजनामा पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा भोजपुरमा थप एकजना कोरोना संक्रमित पुष्टि भएका हुन् ।

यसअघि बिहीबार दिउँसो उदयपुरकी ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि गरिएको थियो ।

उदयपुरबाट ल्याएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । 

कोरोना संक्रमण देखिएपछि उपचार गरिएका ९ जना निको भएर अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *