Home / World News / नक्कली एञ्जेलिना जोलीलाई कोरोना संक्रमण

नक्कली एञ्जेलिना जोलीलाई कोरोना संक्रमण

काठमाडौं । चर्चित हलिउड अभिनेत्री एञ्जेलिना जोली जस्तै देखिने चक्करमा आप्नो अनुहारको प्लास्टिक सर्जरी गरेर बिगार्ने शहर लुना नामकी इटालियन मोडल तथा इन्स्टाग्रम स्टार कोरोना भाइरसबाट संक्रमित भएकी छिन्।

इरानको राजधानी तेहरान निवासी २२ वर्षीया उनलाई त्यहीँको एक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सञ्चार माध्यमले जनाएका छन्।

उनी गत वर्ष गलत तरिकाले पैसा कमाउने कार्यमा लागेको, हिंसा भड्काएको र युवाहरूलाई भ्रममा पारेको तथा भ्रष्टाचार गर्न प्रोत्साहन गरेको आरोपमा गिरप्mतार भएकी थिइन्।

इन्स्टाग्राम स्टार शहरको गिरप्mतारीपछि उनको सामाजिक सञ्जालका खाता पनि बन्द गरिएको थियो।

जेलमा रहेकी उनलाई कोरोना संक्रमण देखिएपछि उनको उपचार शुरु गरिएको थियो सन् २०१७ मा १९ वर्षको उमेरमै अभिनेत्री एञ्जेलिना जोलिजस्तै देखिने चक्करमा उनले ५० चोटि आप्mनो अनुहारको प्लास्टिक सर्जरी गराएकी थिइन्।

त्यसपछि एकाएक चर्चामा आएकी उनी सोसल मिडिया स्टारको रूपमा चर्चित थिइन्। हाल उनको अवस्था गम्भीर रहेको समाचारमा बताइएको छ।

उनका वकिलले कोरोना भाइरसको संकटका कारण उनलाई आरोपमुक्त गर्नका लागि अपिल गरे पनि न्यायाधीशले खारेज गरेको समाचारमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *