Home / World News / दिल्लीमा मदिरामा ७० प्रतिशत कोरोना कर, किन्नेको भीड उस्तै

दिल्लीमा मदिरामा ७० प्रतिशत कोरोना कर, किन्नेको भीड उस्तै

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मदिरामा ७० प्रतिशत कोरोना कर लगाइएपछि मदिराको मूल्य बढेको छ ।

यद्यपि यसको असर दिल्लीबासीमा देखिएको छैन । सोमबार पनि बिहानैदेखि मदिरा पसलमा बिहानैदेखि लाइनमा बसेका छन् ।

बिहान ६ बजेदेखि नै मान्छेहरु मदिरा किन्न लाइन लागेका थिए । दिल्लीका पसलमा मदिरा किन्न लागेको भीड सीमित पार्नका लागि सरकारी राजस्व बढाउने निर्णय गरिएको थियो ।

मंगलबार बिहानैबाट यो नियम लागू भएको छ । सोमबार दिल्लीमा मदिरा किन्नेको भीड लागेको थियो ।

जसका कारण दुरी कायम गराउन प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो भने केही स्थानमा पसल नै बन्द गराउनुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *