बिराटनगर । ताप्लेजुङको शुक्रबार साझ भीषण आगलागी भएको छ । आगलागी राती करिब १ बजे नियन्त्रणमा आएको थियोे ।
अहिले सम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन ।
सदरमुकाम फुङलिङको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा आगलागी भएको हो । आगलागीबाट करिब ११ घर जलेका छन्।
बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको थियो ।
५ वर्षअघि ३७ घर जलेर नष्ट भएकै बजारमा फेरि आगलागी भएको हो ।






