Home / Nepal / ज्ञानेन्द्र शाहीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

ज्ञानेन्द्र शाहीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई २४ घण्टा भित्र उपस्थित गराउन आइतबार सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले आदेश पाएको २४ घण्टा भित्र शाहीलाई उपस्थित गराउन आदेश दिएको हो ।

बन्दाबन्दीको अवस्थामा शाहीलाई हाजिरी जमानीमा छाड्न वा तारेखमा राख्न नसकिएको कारण पनि स्पष्ट गरी लिखित जवाफ पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

शाहीलाई निम्न आय भएका ब्यक्तिलाई राहत वितरण गरेको मुख्य आरोप लगाई केही दिन अघि पक्राउ गरिएको उहाँका कानून व्यवसायी ज्ञानेन्द्रराज आरनले जानकारी दिनुभयो ।

सर्वोच्चले शाहीविरुद्ध तयार भएको सक्कल फाइल पछि फिर्ता लाने गरी ल्याउन पनि आदेशमा सरकारलाई भनेको छ ।

इजलासबाट भएको यो आदेश आजै आइतबार सरकारसमक्ष लान सर्वोच्चले प्रशासनलाई आदेश दिएको छ ।

शाहीसँगै बन्दी बनाइएका शक्तिराज शाहीलाई पनि उपस्थित गराउन सर्वोच्चको आदेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *