टोकियो । जापानको ओसाकामा अध्यनरत नेपाली बिद्यार्थी ज्ञानमान मोक्तान र सरिता फुयालको अभिनित ‘यो कस्तो जिन्दगी’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।
गीत गायक कुमार अभिको स्वर तथा सब्द संयोजनमा तयार भएको हो भने राम कार्किले संगीत संयोजन गर्नु भएको हो ।
भिडियो अमर लामाको निर्देशनमा तयार भएको हो ।
जापानको ओसाका स्थित ओसाका क्यास्टलमा छायांकन गरिएको उक्त ‘यो कस्तो जिन्दगिमा ’ बोलको गीतको भिडियोको सुरुवात ज्ञानमान र सरितालाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ भने उत्तरार्धमा प्रेममा बिछोड हुदाको पीडालाई समेटिएको छ ।
बिगत केही बर्ष देखि जापानको ओसाकामा बसिरहनु निर्देशन लामा जापानको ओसाका स्थित निसिजावा गाक्कोएनमा संगीत तथा भिडियो ग्राफी अध्यन गरिरहनु भएको छ ।
यश अघि उहाँकै निर्देशनमा विभिन्न गितहरुको कभर सार्बजनिक भएका थिए।






