कन्नाडा । केजीएफ स्टार यशले कन्नाडा फिल्म उद्योगका लागि सहयोग गर्ने भएका छन् । उनले आफ्नो कमाइबाट १.५ करोड भारु कन्नाडा चलचित्र उद्योगका तीन हजार सदस्यलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
अभिनेता यशले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । तीन हजारमध्ये प्रत्येक व्यक्तिको बैंक एकाउन्टमा ५/५ हजार जम्मा गरिदिने बताएका छन् ।
“कोभिड–१९ एक अदृश्य शत्रु बनेर हाम्रो देशका असंख्य जनताको जीविका छिनेको छ । हाम्रो आफ्नै कन्नाडा फिल्म क्षेत्र पनि यसले नराम्रोसँग पिरोलेको छ । हामी बाँचिरहेको यस गम्भीर समयमा हाम्रो २१ वटै विभागका तीन हजारको खातामा मेरो कमाइबाट प्रत्येकलाई ५ हजार प्रदान गर्दै छु,” विज्ञप्तिमा भनिएको छ ।
उनी र बलिउड अभिनेता सञ्जय दत्त अभिनीत ‘केजीएफ २’ को आउँदो जुलाईमा रिलिज मिति तोकिएको छ । इन्डियन एक्सप्रेसबाट ।






