Home / Uncategorized / कालाबजारीया सुलभ अग्रवाल अझै ४ दिन थुनामा बस्ने

कालाबजारीया सुलभ अग्रवाल अझै ४ दिन थुनामा बस्ने

काठमाडौँ । थर्मल गनको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई आज म्याद थप गरेको छ ।

विभिन्न शक्ति केन्द्रले अग्रवाललाई छुटाउन प्रहरी प्रसासनलाई दवाव दिएपनि महानगरीय प्रहरी परिसर काठमाडौले उनीविरुद्ध थप ४ दिन म्याद थप गरेको हो ।

३ हजार पर्ने थर्मल गनलाई कुटनीतिक नियोगको सवारी साधन प्रयोग गरी अग्रवालले प्रहरीलाई नै उक्त गन बिक्रि गरेपछि उनलाई सामानसहित पक्राउ गरिएको थियो ।

अहिले केही प्रहरी उच्च अधिकारीले उनलाई आज नै जिल्ला प्रशासन कार्यालयमा बुझाउन प्रहरी परिसर काठमाडौलाई दवाव दिएको भएपनि प्रहरीले भने म्याद थपकालागि बबरमहल लगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *