Home / Society / जापानमा सडक दुर्घटनामा परि एक नेपाली शिशुको निधन २ जना गम्भीर घाइते

जापानमा सडक दुर्घटनामा परि एक नेपाली शिशुको निधन २ जना गम्भीर घाइते

ओसाका: जापानको उत्तरी शहर होक्काइतोको बेचुकी भन्ने ठाउँमा सडक दुर्घटनामा परी एक २ महिने नेपाली शिशुको मृत्यु भएको छ।

सोमबार नेपालीहरुको महान चाड बडादशैंको दिन स्थानीय समय अनुसार करिब १० बजे तिर द्रुत गतिमा आएको ट्रीपरले ३ जना नेपाली परिवार सबार कारलाइ ठक्कर दिएको थियो। ठक्करबाट अनिता सेरचन गुरुङ सहित उनका २ महिने शिशु सहित तिन जना रहेको बुझिएको छ।

दुर्घटना लगत्तै गम्भीर घाइते भएका तिनै जनालाइ स्थानिय अस्पतालमा पुर्याए लगत्तै शिशुको मृत्यु भएको थियो। शिशुको बाबु आमाको गम्भिर अवस्थामा उपचार भइरहेको जापनिज समाचार एजेन्सी NHK न्युजले जनाएको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको विवरण संकलन गरी दुर्घटनाको कारण अनुसन्धान सुरु गरेको छ। पछिल्लो समय जापानमा नेपालिहरुको संख्या बढ्दै जादाँ दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या पनि बढिरहेको छ।

https://youtu.be/JWKofeXKKUY
Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *