Home / Nepal / News / उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

बिराटनगर । उदयपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएका थिए ।

पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ । हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *