सिड्नी, १५ चैत । अष्ट्रेलियमा कोरोना भाइरसको संक्रमितको संख्या ३,६३५ पुगेको छ । जसमा १ हजार ४ सय बढी न्यू साउथ वेल्स राज्यका छन् ।
संक्रमितको संख्या बढ्दै जाँदा रिकभर्ड संख्या भने १७० मात्रै छ । पछिल्लो २४ घण्टामा मात्र ३४५ ३४५ जना संकास्पद बिरामीको नमुना परीक्षण पजेटिभ देखिएको छ ।
अष्ट्रेलियमा हाल सम्म संक्रमणको कारण १४ जनाको मृत्यु भएको छ ।
यसैबीच, अस्ट्रेलियाको सिड्नीमा रहेका ४ नेपाली विद्यार्थीमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु अहिले आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका छन । संक्रमित सबै युवती रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।
सिड्नीको ग्रान्भिलमा एउटै कोठामा गरेर बसिरहेका ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो। तर जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी उनको नतिजा पोजिटिभ देखिएको थियो।






