Home / Society / आज माता तिर्थ औंशी आमाप्रति विशेष सम्मान सहीत मनाइदैं

आज माता तिर्थ औंशी आमाप्रति विशेष सम्मान सहीत मनाइदैं

आज माता तिर्थ औंशी आमाप्रति विशेष सम्मान सहीत आमाको सम्झना एबम आमालाइ भेटेर मिठो मिठो खानेकुरा दिएर मनाउने गरीन्छ्।

आजको दिनलाई आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसी , मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो ।

संसारको सबैभन्दा पवित्र नाता , आमा भएकै कारण पनि आजको दिन आमालाइ बिशेष सम्मान गर्ने गरीन्छ। आजका दिन बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने , मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ ।

आज आमाबाट टाढा रहेका सन्तानहरू समेत आमालाई भेट्न पुगी आमालाई मीठा खानेकुरा खुवाउँछन् । बिवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित माइती जान्छ्न भने आमालाई भेट्न नपाएकाहरूले भने संचारका साधनहरूमार्फत् आमाको मुख हेर्ने गर्दछन।

आजका दिन काठमाडौं स्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । आमा नहुनेहरुले समेत आफ्नो आमाको सम्झनामा दान दर्पण गर्ने गरिन्छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *